२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फिट भएर फर्किँदै सूर्यकुमार, जित्ला त मुम्बईले अबको म्याच ?

मुम्बई इन्डियन्सका स्टार ब्याट्सम्यान सूर्यकुमार यादव फिट भएका छन्। स्पोर्ट्स हर्नियाका कारण इन्डियन प्रिमियर लिगको सुरुआती खेल गुमाएका सूर्यकुमार अब फिट भइसकेका छन्।

आफ्नो ३ खेलमा पराजय भोगिसकेको मुम्बई आगामी म्याचमा जितको खोजीमा हुनेछ। ५ पटकको विजेता मुम्बई यसपटकको सिजनमा नयाँ कप्तानको नेतृत्त्वमा मैदान उत्रेको छ। तर, हालसम्म ३ खेल खेलेको मुम्बईले एकमा पनि जित निकाल्न सकेको छैन।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईलाई उसको स्टार ब्याट्सम्यानको आगमनले जित दिलाउने आशा छ।

आईपीएल स्रोतका अनुसार सूर्यकुमार सम्भवतः आगामी म्याचको प्लेइङ्ग ११ मा समावेश हुन सक्नछन्। इन्डियन क्रिकेट बोर्डले फिट घोषणा गरेपछि दिल्ली क्यापिटल्ससँगको म्याचमा सूर्यकुमार खेल्न सक्ने सम्भावना रहेको छ।

के हो स्पोट्र्स हर्निया?

यो एक प्रकारको विशेष मेडिकल अवस्था हो। जुन प्रायःजसो खेलाडीहरूमा हुने गर्छन। यस अवस्थामा मांसपेशी तन्किने, जोर्नीमा प्रभाव पार्ने हुन्छ। जसले मांशपेशी च्यातिने र चोट लाग्ने हुन सक्छ। यसको समयमा उपचार नगरे समस्या थप जटिल बन्न सक्छ।

स्पोर्ट्स हर्निया चोट लागेपछि हुने गर्छ। छातीमा जलन महसुस हुनु यसको सुरुआती लक्षण हो भने स्पोर्ट्स हर्नियाका कारण पेटको तल्लो भागमा दुखाई पनि हुने गर्छ।

प्रकाशित: २२ चैत्र २०८० १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App