२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

पञ्जाबलाई २१ रनले हराउँदै लखनउ विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले पहिलो जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सलाई २१ रनले हराउँदै लखनउले जारी सिजनमा पहिलो जित निकालेको हो।

लखनउस्थित भारत रत्न श्री अटल बिहारी बाजपयी एकना क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ्ग गर्दै लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो। यता २ सय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा जम्मा ५ विकेट गुमाएर १७८ रन मात्रै बनाउन सक्यो।

लखनउका लागि क्वीनटन डि ककले सर्वाधिक अर्धशतकीय पारी खेल्दै ५४ रन बनाए भने क्रुनाल पाण्ड्याले ४३ र निकोलस पुरनले ४२ रन जोडे।

पञ्जाबका लागि स्याम कुरनले सर्वाधिक ३ विकेट लिँदा अर्शदिप सिंहले २ विकेट लिए। क्यागिसो रबाडा र राहुल चाहरले समान १÷१ विकेट लिए।

पञ्जाबका कप्तान शिखर धवनले ७० रनको पारी खेल्दा पनि जित हात पार्न सकेन्। त्यसबाहेक जोनी  बरिस्टोले ४२ रनको जोड्दा लाइम लिभिङ्ग्ीटोनले २८ रन जोडे।

पञ्जाबलाई जित्नबाट रोक्न लखनउका मयंक यादवले सर्वाधिक ३ विकेट लिए भने मोहसिन खानले २ विकेट लिए।

हालसम्म २ खेल खेलेको लखनउले १ मा जित र १ मा पराजित हुँदै अङ्क तालिकाको ५ औँ स्थानमा रहेको छ भने ३ खेल खेलेको पञ्जाबले १ मा जित र २ मा पराजित हुँदै लखनउभन्दा एकस्थान तल अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ।

प्रकाशित: १८ चैत्र २०८० ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App