१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

चलिरहेको खेलमा जब कुकुरले खेलाडीलाई दौडाउन थाल्यो...

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण यतिबेला भारतको विभिन्न सहरमा जारी छ। २२ मार्चबाट सुरु भएको आईपीएलमा आइतवार दुई खेल भएका छन् भने आज एउटा मात्रै खेल हुनेछ।

आइतवार राति भएको अर्को खेलको क्रममा मैदानमा निकै रोमाञ्चक दृश्यले दर्शकहरूको ध्यान तान्यो। मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको खेल चलिरहँदा मैदानमा अकस्मात कुकुरले प्रवेश गर्‍यो।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा मुम्बई र गुजरातबीच खेल भइरहँदा कुकुर मैदानमा दौडिन थालेपछि केहीबेर खेल नै रोकिएको थियो। मुम्बईविरुद्ध गुजरातले १५ औँ ओभरको ब्याटिङ्ग गरिरहँदा कुकुर दौडेर बीच क्रिचमा आएको थियो। त्यसपछि कुकुरलाई मैदानबाट बाहिर निकाल्न मुम्बईका खेलाडीहरू कुकरलाई लखेट्न थाले। उक्त भिडियो अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

मुम्बईका कप्तान हार्दिक पाण्ड्या, पूर्व कप्तान रोहित शर्मा लगायतका खेलाडी कुकुरलाई मैदानबाट बाहिर भगाउन एकछिन व्यस्त भए। तर, केही बेरमै मैदान व्यवस्थापनको टोली आएर कुकुरलाई बाहिर निकाल्यो। र, खेल फेरि नियमित रुपले सम्पन्न भयो।

राति सम्पन्न खेलमा पाँच पटकको विजेता मुम्बईलाई साविक उपविजेता गुजरातले ६ रने पराजित गर्दै जित हात पार्‍यो।

यो घटना भने पहिलो पटकको होइन। यसअघि २०२३ मा पनि पनि चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच खेल भइरहँदा मैदानमा कुकुर प्रवेश गरेको थियो।

प्रकाशित: १२ चैत्र २०८० १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App