१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको खेल के होला ?

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको टी–२० शृङ्खला अन्तर्गतको आजको खेल वर्षाका कारण प्रभावित हुन सक्ने भएको छ।

आज दिउँसो २÷३ बजे पछिकाठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा पानी पर्ने भएकाले नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको खेल प्रभावित हुन सक्ने सम्भावना रहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट खेल सुरु भएपनि २/३ बजेपछि पानी पर्ने भएकाले खेल मध्यतिर प्रभावित हुन सक्ने देखिन्छ।

मौसम पूर्वानुमान महाशाखा मौसमविद् रोजन लामिछानेका अनुसार प्रि मनसुनका कारण प्रायः दिउँसो २/३ बजेदेखि मौसम बदली भई पानी पर्ने सम्भावना रहेको बताए।

उनले ठूलै पानी पर्ने सम्भावना नरहेपनि हल्कादेखि छिटफुट वर्षाको सम्भावना रहेको हुँदा खेल पनि प्रभावित हुन सक्ने बताए।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली र आयरल्यान्ड वुल्भ्सबीचको खेल वर्षाका कारण प्रभावित भएमा वा रद्द भएमा दुबै टोलीले अङ्क बाँड्ने छन्।

मैसमविद् लामिछानेका अनुसार मौसम बद्ली भई विशेषगरी कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना रहेको छ।

प्रकाशित: १२ चैत्र २०८० १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App