१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

इन्डियन प्रिमियर लिग : पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा आज

सत्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुने भएको छ। पहिलो खेल पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ। खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुने छ। दोस्रो खेल राति ७ः४५ बजे कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच प्रतिस्पर्धा हुने छ।

सत्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको थियो। उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनु निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिएका थिए।

उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ््स विजयी भएको थियो। चेन्नईले रोयल च्यालेन्जर बैंग्लोरलाई ६ विकेटले पराजित गरेको इन्डियन प्रिमियर लिगको वेबसाइटमा उल्लेख छ। एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

चेन्नईको जितमा ओपनरद्वय रितुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए। त्यसपछि आएका अजिंक्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए। त्यसैगरी शिवम दुवेले ३४ र रवीन्द्र जडेजाले २५ रन बनाए। बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले एक-एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७३ रन बनायो। बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए। रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाएका थिए।

उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा  दिनेश कार्तिक २८ रनमा अविजित रहे। चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले चार विकेट लिँदा दीपक चहरले एक विकेट लिएका थिए।

–रासस

प्रकाशित: १० चैत्र २०८० ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App