२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इन्डो नेपाल टी– २० प्रतियोगिता आजदेखि

इन्डो नेपाल टी– २० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ। गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा दुई भारतीय क्लबसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन्।

आजको पहिलो खेल भरतपुर ११ र बागमतीबीच हुने आयोजकले जनाएको छ। चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका तीन प्रादेशिक टोली (बागमती, सुदूरपश्चिम र मधेस) तथा भरतपुर ११ सहभागी हुँदै छन् भने भारतबाट तलतला इन्स्टिच्युट कोलकता र पिएसआर ग्रुप लखनउको सहभागिता रहेको छ।

भारतीय टोलीका खेलाडीमा भारतको चर्चित रणजी ट्रफी खेलिसकेका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता राउन्ड रोबिन आधारमा खेलाइने क्रिकेट संघका सचिव सुरज ज्ञवालीले जानकारी दिए।

उनका अनुसार यस प्रतियोगिताले भ्रमण वर्ष २०२४ को प्रवद्र्धन एवं क्रिकेट जगत्मा नेपाल र भारतको सम्बन्ध उचाइमा पु¥याउने जनाइएको छ। प्रतियोगितामा कुल १८ खेल हुनेछन्। –रासस

प्रकाशित: ८ चैत्र २०८० ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App