हङकङको मोङ कोक क्रिकेट मैदानमा जारी नेपाल र पपुवा न्युगिनीबीचको टि– २० सिरिजको फाइनल खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।
नेपालका लागि तेस्रो विकेट युवा तेज बलर आकाश चन्दले दिलाएका छन्। यो खेलमा उनको व्यक्तिगत दोस्रो विकेट हो। चन्दले नेपाललाई तेस्रो सफलता दिलाउने क्रममा पपुवा न्युगिनीका लेगा सिएकालाई करन केसीबाट क्याचआउट गराए।
टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ४ ओभरको खेलमा तीन विकेट गुमाएर ३४ रनको स्थितिमा छ।
प्रकाशित: ३० फाल्गुन २०८० १२:१६ बुधबार