१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

भ्याली पब्लिकको जित सुरुआत

आयोजक भ्याली पब्लिक ‘ए’ ले तेस्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

भ्याली पब्लिक स्कुलको आयोजनामा शुक्रबार भएको उद्घाटन खेलमा भ्याली पब्लिक ‘ए’ ले पुष्पलाललाई ५–३ गोलले हराउँदै सुखद सुरुआत गरेको हो।

प्रतियोगिताको भ्याली पब्लिककी सहसंस्थापक सुनिता अधिकारी र भाइस प्रिन्सिपल सुशील वाग्लेले उद्घाटन गरेका थिए। कुल १८ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।

सुन्दरवस्तीस्थित आयोजकको नवनिर्मित कभर्डहलमा भएको अर्को खेलमा भने भ्याली पब्लिक ‘ए’ ले प्रशान्तीविरुद्ध ३–३ को बराबरी खेल्यो। भ्याली पब्लिक ‘बी’ भने सृष्टि ज्ञानसँग ४–० गोलले पराजित भयो।

त्यस्तै अन्य खेलमा सनराइजले हिमालयनलाई ६–३, कान्तिपुरले वेदव्यासलाई ४–३, हिमालयनले पुष्पलाललाई ४–१, वेदव्यासले साम्तेनलाई ३–२, कान्तिपुरले भद्रकालीलाई ४–०, सनराइजले प्रशान्तीलाई ३–०, साम्तेनले भद्रकालीलाई १०–०, रिपुमर्दिनीले अनिता मिलनलाई २–१ र फेरिल्यान्डलाई ४–०, बालविकासले फेरिल्यान्डलाई ३–० तथा अनिता मिलनले ओमलाई ६–१ गोलले हराए। शनिबार लिगचरणका खेल सम्पन्न हुने भ्याली पब्लिकका इसिए इन्चार्ज पूर्ण न्यौपानेले जानकारी दिए। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रकाशित: २६ फाल्गुन २०८० ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App