७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

लगातार बलमा दुई विकेट लिएर दीपेन्द्रले नेपाललाई खेलमा फर्काए

नामिबियाविरुद्ध जारी टि–२० क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले नेपाललाई खेलमा फर्काएका छन्।

लगातार बलमा दुई विकेट लिएपछि ऐरीले नेपाललाई खेलमा फर्काएका हुन्। १८१ रन पछ्याएको नामिबिया लगातार ती ओभरमा आक्रामक ब्याटिङ गर्दै १५ ओभरको समाप्तिसम्म फ्रन्टफूटमा थियो।

त्यसपछि बलिङमा आएका दीपेन्द्रले १६ औं ओभरको पहिलो बलमा अर्धशतक बनाएका जेजे स्मिथ र  त्यसपछिको बलमा नेपालसँग ३३ बलमा रेकर्ड शतक बनाएका लफ्टी एटनलाई आउट गरेर खेलमा फर्काए । १६ ओभरमा दीपन्द्रले २ रन दिएर दुई विकेट लिए।

त्यसपछि १७ ओभरमा बलिङमा आएका अभिनाश बोहराले नामिबियाको छैठौं विकेट लिएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८० १४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App