७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई लगातार चौथो झट्का, अनिल २३ र गुलशन २६ रनमा आउट

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल टि-२० सिरिज अन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा नेपाल फेरी दबाबमा आएको छ। तीन बलको अन्तरमा तेस्रो र चौथो विकेट गुमाएपछि नेपाल दबाबमा आएको हो।  

आजको खेलमा कुशल भुर्तेलको ठाउँमा ओपनर आएका अनिल साह सातौं ओभरको अन्तिम बलमा २३ रनमा आउट भएका थिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि २६ रनको स्कोरमा आउट भएका छन्।  

यसअघि ओपनर आशिफ शेख र कप्तान रोहित पौडेल आउट भएका थिए। अहिले आठौं ओभरको खेल जारी रहँदा नेपालको स्कोर चार विकेटको क्षतिमा ६५ रनमा खेलिरहेको छ।

प्रकाशित: १८ फाल्गुन २०८० १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App