२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई पहिलो झड्का, कुशल भूर्तेल आउट

घरेलु त्रिकोणीय टि–२० क्रिकेट श्रृंखला अन्तर्गतकाे खेलमा नेपाललाई पहिलो झड्का लागेको छ। ओपनर ब्याट्सम्यान कुशल शून्य रनमा आउट भएका छन्। चार बलको सामना गरेका उनले कुनैपनि रन बनाउन सकेनन्।

उनी किंगमाको बलमा एडवर्ड्सबाट क्याच आउट भएका हुन। क्रिजमा आशिफ सेख र कप्तान रोहित पौडेल छन्। उनीहरुले अहिलेसम्म २.१ ओभरको समाप्तिमा १३ रन बनाएका छन्।

आजको पहिलो खेलमा नेदरल्यान्डले नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेदरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएका थिए।

त्यसपछि माइकल लेभितको अर्धशतक र सिब्रन्ड एन्गेल्बे्रज्टको अविजित ४९ रनको मद्दतमा नेदरल्यान्डले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १८४ रन जोडेको हो।

लेभितले आक्रामक पारी खेल्दै ३६ बलमा ५४ रन जोडे भने कप्तान स्कट एडवार्डले ३३ र तेजा निदामानिरुले ३१ रनको योगदान दिए।

नेपालका तर्फबाट करन केसी र कुशल मल्लले एक/एक विकेट लिए। सिरिज अन्तर्गत हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०८० १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App