२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई तेस्रो सफलता

नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात परेको छ। नेदरल्यान्ड्सका ब्याट्सम्यान स्कट एन्ड्रयू एडवर्ड्स रन आउट भएका हुन।

उनी ५ चौकासहित १६ बलमा ३३ रन बनाएर आउट भएका हुन। नेदरल्यान्ड्सले १८.१ ओभरको समाप्तिमा १६८ रन बनाएको छ।

यसअघि नेदरल्यान्ड्सका माइकल लेभित अर्धशतक पूरा गरेर आउट भएका थिए। कुशल मल्लको बलमा उनलाई आशिफ शेखले स्टम्प आउट गरेका हुन्। उनी नवौँ ओभरको अन्तिम बलमा आउट भएका थिए।

नेपाल विरुद्धको टि–२० क्रिकेट खेलमा नेदरल्यान्ड्सका ओपनर माइकलले आक्रामक अर्धशतक पूरा गरेका थिए त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लेभितले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। अर्धशतक पूरा गर्न उनले ५ चौका र तीन छक्का प्रहार गरे।  

प्रकाशित: १६ फाल्गुन २०८० १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App