८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

जिल्लाव्यापी बुद्धिचालमा मनीषलाई उपाधि

धुनीबेसी खानीखोलाका मनीष कोइरालाले धाडिङ जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएका छन्।

नमुना वागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न प्रतियोगितामा विष्णु मिश्रलाई पछि पार्दै मनीषले उपाधि जितेका हुन्। मच्छिन्द्र बहुमुखी क्याम्पसका मनीषले पाँच चरणका खेलमा पाँच जित निकाले। उनले सन्दिल श्रेष्ठ, राजेन्द्र रिमाल, संकल्प पौडेल, सुदिन नेपाल र आशिष लामिछानेमाथि प्रभावशाली जित दर्ता गर्दै शतप्रतिशत सफलता पाए। यससँगै उनले नगद सात हजार रूपैयाँ प्राप्त गरे।

गल्छीका स्थानीय व्यवसायी विष्णु मिश्र दोस्रो भए। उनले कुल चार अंक बटुले। विष्णुले पाँच हजार रूपैयाँ नगद पुरस्कार पाए। प्रतियोगिता नमुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रेशमराज खतिवडाको सक्रियतामा भएको हो।

बैरेनीका रोशन दुवाडीले पनि समान चार अंक बटुले पनि तेस्रो स्थानमा सीमित भए। उनी डाइरेक्ट इन्काउन्टरका आधारमा तेस्रो स्थानमा खुम्चिएका हुन्। रोशनले नगद तीन हजार प्राप्त गरेका छन्। धादिङ जिल्लाका शीर्ष ४३ स्थानीय खेलाडीले यो प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: १३ फाल्गुन २०८० ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App