१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

टस हारेर पहिला ब्याटिङ्ग गर्दै नामिबिया, नेदरल्यान्ड्सलाई पहिलो सफलता

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नामिबियाले पहिला ब्याटिङ्ग गर्दैछ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर नामिबियाले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको हो।

४५ ओभरमा निर्धारित गरिएको खेलमा हालसम्म नामिबियाले १ विकेट गुमाएर ३ ओभर खेल्दै १७ रन बनाएको छ।

नामिबियाका निको डेविन शून्य रनमा आउट भएका छन्। उनलाई नामिबियाका विवियन किङ्ग्माको बलमा कप्तान स्कट इडवाड्र्सले क्याच आउट गरेका हुन्।

आजको खेलमा नेदरल्यान्ड्समाथि जित हात पार्दै नामिबिया आफ्नो हारको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ भने नेदरल्यान्ड्स पनि आजको खेलमा जित्दै आफ्नो स्थान कायम राख्न चाहन्छ। यसअघिको खेलमा नामिबिया नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएको थियो।

प्रकाशित: ११ फाल्गुन २०८० १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App