१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

आईसीसी विश्वकप लिग–२ः नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

केही बेर अघि सुरु भएको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख र कुशल भुर्तेल मैदानमा ब्याटिङ्ग गरिरहेका छन्।

हालसम्म २ ओभरको खेल सकिँदा नेपालले विना कुनै विकेटको क्षतिमा १२ रन बनाएको छ।

नेपालले आज आफ्नो प्लेइङ्ग ११ आज फेरबदल गर्दै टिम उतारेको छ। नमिबियाविरुद्धको पहिलो खेलमा पराजित भएको नेपाले आजको खेल जितेर हारको बदला लिन चाहन्छ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सले समान एक एक खेलमा जित हात पारेको छ।

प्रकाशित: ९ फाल्गुन २०८० ०९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App