१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

आईसीसी विश्वकप लिग–२: नेपाल र नामिबिया भिड्दै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज फेरि नामिबियासँग खेल्दै छ। आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्न लागेको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको खेल अहिले बिहान ९ः ३० बजेबाट सुरु हुनेछ।

आजको खेलमा नेपाल नामिबियासँग पहिलो खेलमा भोगेको पराजयको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ।

लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। 

हालसम्मको अवस्थामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीन वटै टोलीले समान एक एक खेलमा जित हात पारेको छ।

प्रकाशित: ९ फाल्गुन २०८० ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App