१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

हिमरश्मि र सेबको जित

हिमरश्मि र सेबले प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन्।

टोखाको प्रयासनगरस्थित आयोजक किङ्डम हिमालयनको कोर्टमा हिमरश्मिले जिनियस वर्ल्डलाई २०–८ तथा सेबले भद्रकालीलाई २३–७ ले पराजित गरे। सोही स्पर्धामा ओडिसीले न्यु जेनिथलाई १२–५ ले हरायो।

सिनियर ब्वाइजमा जेनिथले सिग्मालाई ३८–१९, इबिएले सिग्मालाई २९–२३ र विल्सन एकेडेमीले ओडिसीलाई ५३–१० ले पाखा लगाए। सिनियर गल्र्समा आयोजक किङ्डमले बिएनएलाई १०–५, विल्सनले पिपुल्स एकेडेमीलाई १४–११ र न्यु जेनिथले फेरिल्यान्डलाई १०–९ ले पन्छाए।

प्रकाशित: ५ फाल्गुन २०८० १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App