नेपाली महिला टोली मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमीफाइनलमा पुगेको छ।
आज सम्पन्न क्वार्टरफाइनल खेलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाली टोली सेमीफाइनलमा पुगेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको कुवेतको टोलीमाथि नेपाली बलर हाबी हुँदै निर्धारित २० ओभरमा नौ विकेट लिएर ७३ रनको रोक्न सफल भएको थियो। कुवेतलाई सानो स्कोरमा रोक्न नेपाली बलरहरू सीता मगरले ३ विकेट, कबिता कुँवर र रुबिना क्षेत्रीले २/२ विकेट लिइन्। कुवेतकी दुई ब्याटर रनआउट भएकी थिइन्। कुवेतका तर्फबाट प्रियदा मुरलीले २९, बालबासुब्रमणि शान्तिले १३ र खादिजा खलीलले १३ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकिनन्।
नेपालको इनिङ सुरु हुनुपूर्व केही समय खेल अवरोध भएपछि नेपाललाई १२ ओभरमा ५० रनको नयाँ लक्ष्य निर्धारण गरिएको थियो। जसलाई नेपाली ब्याटरहरूले ६ ओभर ५ बलमा २ विकेट गुमाएर सहजै भेट्टाए। जसमा नेपाली ब्याटर इन्दु बर्माले अविजित २२ रन र सीता मगरले १७ रन जोडिन्।
प्रकाशित: २ फाल्गुन २०८० १४:२७ बुधबार