४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

माल्दिभ्सविरुद्ध नेपाल २१४ रनले विजयी

एसीसी महिला प्रिमियम लिग क्रिकेटमा नेपालले मंगलबार माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ।

मलेसियाको बाँगीमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि निर्धारित २० ओभरको खेलमा रुविना क्षेत्रीको अविजित ११८ रनको मद्दतले ४ विकेट गुमाएर २२७ रन जोडेको थियो। रुविनाले उक्त रन जोड्ने क्रममा ५९ बल मात्रै प्रयोग गरेकी थिइन्। यस्तै पूजा महतोले पनि ३६ बलमा ५९ रन जोडिन। 

बलिङमा माल्दिभ्सकी सम्मा अलीले चार ओभरमा ४४ रन खर्चिएर ३ र नाबा नसिमले ४ ओभरमा ४५ रन खर्चिएर एक विकेट लिइन।

२२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्सको महिला टोली जम्मा १३ रनमै अलआउट हुन पुग्यो। १३ ओभर ५ बलमा माल्दिभ्सको सम्पूर्ण टोली पेभेलियन फर्किदा नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो।

माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर आस्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चिएर चार विकेट, पूजा महतोले तीन ओभरमा दुई रन खर्चिएर तीन विकेट र रुविना क्षेत्रीयले ३।५ ओभरमा दुई रन खर्चिएर दुई विकेट निकालिन।

१६ टिम सम्मिलित प्रतियोगितामा नेपाल समूह ‘डि’ मा छ। समूह चरणमा यसअघि नेपालले हङकङ र भुटानलाई हराइसकेको छ। मालदिभ्ससँगको जितसँगै नेपाल समूह विजेता भएर क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित: १ फाल्गुन २०८० १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App