४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

मैयाँँदेवी स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जित्यो

मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू-१९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ। आज (शुक्रबार) उपाधिका लागि भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै बागमतीले उपाधि जितेको हो। विजयी भएको बागमतीले एक लाख ७९ हजार सात हजार पाँच रुपैयाँ नगद सहित ट्राफि प्राप्त गरेको छ। 
 
भरतपुरको रामपुरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। 
 
बागमतीको जितमा कप्तान सोनी पाख्रिनले २० रन बनाइन्। सोनीले २३ बलमा २ चौका प्रहार गरिन्। सेविका यादवले २० तथा एलिसा खड्काले १५ रन जोडे। गण्डकीकी सिमाना केसीले एक विकेट लिइन्।
 
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन जोडेको थियो। गण्डकीकी ज्योत्सनिका मरासिनीले ३७ र सिमाना केसीले २१ रन बनाए। बागमतीकी विपिशा शाही र मनिषा उपाध्यायले एक–एक विकेट लिए। 
 
गण्डकीकी अलराउण्डर सिमाना केसी प्लेयर अफ दि टुर्नामेन्ट भइन्। सुदुरपश्चिमकी सावित्री धामी उत्कृष्ट ब्याटर तथा गण्डकीकी निरु जिटी प्रतियोगिता भर उत्कृष्ट बलर बनिन्। प्रतियोगितामा दोस्रो भएको गण्डकीले ९५ हजार सात सय पाँच रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा सात प्रदेशको सहभागिता रहेको थियो। 

प्रकाशित: १९ माघ २०८० १८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App