७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

आईसीसी यू–१९ विश्वकपः टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्ने भएको छ।

सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेल खेल्न लागेको नेपालले टस हारेर भारतविरुद्ध पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको हो।

दक्षिण अफ्रिकास्थित माङ्गाउङ ओभलमा हुने आजको खेल अबको केहीबेरमा सुरु हुँदैछ।

नेपाल सुपर सिक्समा पुगेर पनि सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ। दुबै खेलमा नेपाल भारतसँग पराजित भएको छ। सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले नेपाल भारतसँग पराजित भएको थियो।

प्रकाशित: १९ माघ २०८० १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App