७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियन ओपनको उपाधी २२ वर्षिय सिनरलाई

सन् २०२४ को अस्ट्रेलियन ओपनको उपाधी इटलीका जेननिक सिनरले हात पारेका छन्। उनले रूसका डेनियल मेदवेदेवलाई पराजित गर्दै यस वर्षको अस्ट्रेलियन ओपनको एकल पुरुष तर्फको उपाधि आफ्नो नाम गरेका हुन्।

गयराति सम्पन्न फाइनल खेलमा सिनरले मेदवेदवलाई ३–६, ३–६, ६–४, ६–४ र ६–३ ले पराजित गरे।

२२ वर्षिय सिनरको यो पहिलो गै्रन्ड स्लाम उपाधी हो। यसअघि ग्रैन्ड स्ल्याम टूर्नामेन्टमा उनको सबैभन्दा राम्रो प्रदर्शन गत वर्षको विम्बलडनमा थियो। जसमा उनी सेमिफाइनलसम्म पुगेका थिए।

त्यसैगरी यसवर्षको अस्ट्रेलियन ओपन महिलाको उपाधी बेलारूसकी अरीना सबालेले जितेकी छिन्। उनले यसअघि सन् २०२३ को पनि उपाधि आफ्नो नाम गरेकी थिइन्।

त्यसैगरी भारतका रोहन बोपन्ना र अस्ट्रेलियाका म्याथ्यू एबडेनले पुरुष डबल्स तर्फको उपाधी हात पारेका छन्।

प्रकाशित: १५ माघ २०८० ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App