२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराट कोहली बने सन् २०२३ को 'वनडे क्रिकेटर अफ द ईयर'

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को उत्कृष्ट खेलाडीहरूको नाम सार्वजनिक गरेको छ। जसमा भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहली सन् २०२३ को वनडे क्रिकेटर अफ द ईयर चुनिएका छन्।

आईसीसीले आफ्नो सामाजिक सञ्जाल एक्समा कोहलीलाई प्लेयर अफ द टूर्नामेन्ट बताउँदै पुरुष तर्फको ओडीआई क्रिकेटर अफ द ईयर घोषित गरिएको उल्लेख गरेको छ।

रेकर्डको हिसाबले कोहलीका लागि सन् २०२३ निकै राम्रो रह्यो। उनले सन् २०२३ को विश्व कप क्रिकेटको सेमिफाइनलमा न्यूजील्यान्डविरुद्धको खेलमा ५० औं शतक पूरा गरेर सचिव तेन्दुल्करको रेकर्ड तोडेका थिए।

यस्तै अस्ट्रेलियाका उस्मान ख्वाजालाई आईसीसी मेन्स टेस्ट प्लेयर अफ द ईयर २०२३ घोषणा गरिएको छ।

प्रकाशित: १२ माघ २०८० ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App