७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

राष्ट्रिय पारा खेलकुदको तयारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय बृहत पारा खेलकुद गर्ने तयारी स्वरुप छलफल अगाडि बढाएको छ। राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आज बुधबार सरोकारवालसंग भेट गरी छलफल गरेका हुन्।

विश्वव्यापी रुपमा ओलम्पिक खेलकुद र एसिायली खेलकुद सम्पन्न भएको केहि सातापछि सोही स्तरको पारा खेलकुद आयोजना गर्ने चलन रहँदै आएको छ।नेपालमा पनि बृहत राष्ट्रिय खेलकुद सम्पन्न भएपछि पहिलोपटक बृहत राष्ट्रिय पारा खेलकुद आयोजना गर्न छलफल गरिएको हो।

राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, सरोकारवालको उपस्थितिमा भएको छलफलमा सदस्य–सचिव घिसिङले पारा राष्ट्रिय खेलकुदका लागि निर्देशिका तयार गर्न तथा खेल,खेलाडी संख्याका आधारमा खेलको स्वरुप निर्धारण गर्न निर्देशन दिए।

सो क्रममा भएको छुट्टै प्रसंगमा चालू आव मा पारा राष्ट्रिय खेलकुदसंग आबद्ध संस्थाहरुको समन्वयमा पाराको नियमित खेलकुद प्रतियोगिता भने राखेपले आयोजना गर्न सदस्य–सचिव घिसिङले निर्देशन दिए। पारा खेलकुदलाई राष्ट्रिय खेल संघले निधानमै अनिवार्य समावेश गरी तत्काल राष्ट्रिय संघलाई पत्रचार गर्न तथा खेल संरचना अपाङ मैत्री बनाउने सम्बन्धमा पनि सम्बन्धित विभाग र शाखालाई सदस्य–सचिव घिसिङले निर्देशन दिएका छन्।

प्रकाशित: १० माघ २०८० १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App