काठमाडौं – जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।
क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिला ब्याटिङ गरिको घरेलु टोली जिम्बाव्बेले नेपाल सामु जितका लागि रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८० रन बनाएको होे।
जिम्बाव्बेका लागि बिस्पोटक ब्याटिङ गर्ने क्रममा ब्रेन्डन टेलर र सिकन्दर राजाले सर्वाधिक रन बनाए। ४८.४ र ४८.५ ओभरमा लगातार नेपालका बलर सोमपाल कामीको बलमा आउट हुँनुअघि सिकन्दरले ६६ बलमा ७ चौंका र ९ छक्काको मद्दतमा १२३ रन र ब्रेन्डनले ९१ बलको सामना गरी ७ चौंका र १ छक्काको मद्दतमा १०० रन बनाए।
जिम्बाव्बेका लागि पहिलो विकेटका रूपमा जुवाओ ४१ रन बनाएर सन्दिप लामिछानेको बलमा एल बि डब्लु धरापमा पर्दै आउट भए। दोस्रो विकेटका रूपमा ह्यामिल्टन मस्कर्जा १७ बलमा बसन्त रेग्मीको बलमा आउट भए। तेस्रो विककेटका रुपमा सोलोमोन मिरे बसन्त रेग्मीकै बलमा ५१ रनमा क्याच आउट भए भने चौंथो विकेटको रूपमा ललित नारायण राजबंशीको बलमा क्रेइन इर्भिने ३४ रन बनाएर आउट भएका थिए। ललितले डेब्यू खेलमै विकेट लिएका हुँन्।
पहिलो खेलमै टेस्ट टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्नुपर्दा नेपाललाई धेरै दबाब भएको छ।
१९९२ जुलाईमा टेस्ट मान्यता पाएको जिम्बाब्वे २००५ देखि २०११ को बीचमा बाहेक लगातार टेस्ट क्रिकेट खेलिरहेको छ टेस्ट राष्ट्रको वरीयतामा पुछारमा रहेपछि विश्वकप छनोट प्रतियोगिता खेल्नुपरेको जिम्बाब्वेले घरेलु मैदान र समर्थकको फाइदा उठाउन सक्छ।
समूह ‘बी’ मा रहेको नेपालले यसपालि अफगानिस्तान र जिम्बाब्वेविरुद्ध पनि प्रतिस्पर्धा गर्नुपर्नेछ। समूह ‘ए’ मा आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, युएई र वेस्ट इन्डिज छन्। दुवै समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सबाट शीर्ष दुईले २०१९ मा वेल्स र इङल्यान्डमा हुने विश्वकपपमा स्थान बनाउनेछन्।
घरेलु मैदान र समर्थकको साथ जिम्बाब्वेलाई हुँदा त्यसको दबाब नेपालमाथि पर्नु स्वाभाविक हो।
१९९७ मा पहिलो पटक विश्वकप खेलेको जिम्बाब्वेले त्यसपछि लगातार क्रिकेटको सबैभन्दा ठूलो उत्सवमा सहभागिता जनाउँदै आएको छ। सहभागिता जनाउन थालेपछिको पछिल्लो तीन संस्करणमा समूहचरणबाटै बाहिरिएको जिम्बाब्वे १९९९ र २००३ मा सुपर सिक्स खेल्न सफल भएको थियो। त्यसपछिका बाँकी संस्करण भने जिब्बाब्वेका लागि सुखद हुन सकेको छैन। आइसिसीले यो संस्करणबाट १० टोलीले मात्र विश्वकप खेल्न पाउने नयाँ नियम लागू गरेको छ। त्यसअघि २०११ र २०१५ मा १४ टोलीको सहभागिता थियो भने २००७ मा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए।
बर्मुडामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–३ को उपाधि जितेपछि नेपालले न्युजिल्यान्डमा २०१५ को विश्वकपका लागि छनोट प्रतियोगिता खेलेको थियो। तर, न्युजिल्यान्डमा समूह ‘ए’ मा रहेको नेपालको प्रदर्शन बिर्सनलायक रह्यो। स्कटल्यान्ड, हङकङ, युएई र क्यानडासम्मिलित समूहचरणका खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन। जिम्बाब्वेमा पनि हङकङ र स्कटल्यान्ड नेपालका पुरानै प्रतिद्वन्द्वी हुन्।
समूह ‘बी’ मा रहेको नेपालले यसपालि अफगानिस्तान र जिम्बाब्वेविरुद्ध पनि प्रतिस्पर्धा गर्नुपर्नेछ। समूह ‘ए’ मा आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, युएई र वेस्ट इन्डिज छन्। दुवै समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सबाट शीर्ष दुईले २०१९ मा वेल्स र इङल्यान्डमा हुने विश्वकपपमा स्थान बनाउनेछन्। नेदरल्यान्डबाहेक शीर्ष तीन एसोसिएट राष्ट्रले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछ।
प्रकाशित: २० फाल्गुन २०७४ ११:०८ आइतबार