७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालको पाँच विकेट गयो

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध  ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले पाँच विकेट गुमाएको छ।नेपालले पाँचौ विकेटको रुपमा गुल्सन झा लाई २ रनमा गुमाउन पुग्यो।

यस अघि नेपालले चौथो विकेटको रुपमा उत्तम मगरलाई ० रनमा गुमाउन पुगेको हो। त्यसैगरी तेस्रो विकेटको रुपमा कप्तान देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासंगै ३६ रन बनाएर आउट भएका थिए।

नेपालले पहिलो ओभरमै दिपक बोहरा ० रनमा गुमाएको  थियो भने दोस्रो विकेटको रुपमा ५ दशमलब ४ ओभरमा आकाश त्रिपाठीलाई २ रनमा गुमाएको हो।  

ताजास्थीतीमा नेपालले २४ ओभरमा ५विकेट गुमाएर  ११६ रन बनाएको छ। अहिले अर्जुन कुमाल र दिपक बोहरा क्रिजमा छन्।

न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७  रन बनाए।

नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए।नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो। 

प्रकाशित: ७ माघ २०८० १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App