१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालको दोस्रो विकेट गयो

यू–१९ विश्वकप क्रिकेट अन्र्तगत न्युजिल्यान्डविरुद्ध  ३०३ रनको लक्ष्य सहित व्याटिङमा उत्रेको नेपालले दुई विकेट गुमाएको छ।पहिलो ओभरमै दिपक बोहरालाइ ० रनमा गुमाएको नेपालले दोस्रो विकेटको रुपमा ५ दशमलब ४ ओभरमा आकाश त्रिपाठीलाई २ रनमा गुमाएको हाे।  

ताजास्थीतीमा नेपालले ८ ओभरमा २ विकेट गुमाएर ३३ रन मात्र बनाउन सकेको छ। अहिले अर्जुन कुमाल र कप्तान देव खनाल क्रिजमा छन्।  

यस अघि दक्षिण अफ्रिकाको बुफेलो पार्कमा दिउँसो १ :४५ बाट सुरुभएको खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।

न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७  रन बनाए।

नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए।नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।  

प्रकाशित: ७ माघ २०८० १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App