यू–१९ विश्वकप क्रिकेट अन्र्तगत नेपालविरुद्ध न्युजिल्यान्डले ३०२ रन बनाएको छ।
दक्षिण अफ्रिकाको बुफेलो पार्कमा दिउँसो १ :४५ बाट सुरुभएको खेलमा न्यूजिल्यान्डले टस जितेर नेपाललाई पहिले बलिङ्ग गर्न निम्तो दिएको हो।
न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७ रन बनाए।
नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए ।
नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।
प्रकाशित: ७ माघ २०८० ११:५६ आइतबार