१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

एन्जल्स हार्ट दुवै खेलमा पराजित

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा शुक्रबार समूह चरणका आफ्नो दुवै खेलमा पराजित भएको छ।

हारसंगै एन्जल्स हार्टको चुनौती समाप्त भएको छ। समूह ‘सी’ को लिगमा बुन्दवर्ग वाइल्ड क्याट्सले एन्जल्स हार्टलाई ६-२ ले पराजित गर्‍यो। एन्जल्स हार्टका कप्तान अभिनम गौतम र विपिस मल्लले समान एक गोल गरे।

अर्को खेलमा इस्ट सिटी वुल्भ्सले एन्जल्स हार्टलाई ११-० ले हरायो। समूह ‘सी’ मा एन्जल्स हार्टसहित ५ टिम थिए। एन्जल्स सबै खेलमा पराजित भयो। यसअघि एन्जल्स हार्ट इप्सविच फुटसलसंग ११-४ तथा क्यारिना फुटसलसँग ९-१ गोलले पछि परेको थियो।

अस्ट्रेलियाको गोल्ड कोस्टमा जारी प्रतियोगितामा एन्जल्स हार्ट जम्मा ७ गोल गर्न सफल भयो। टोलीका लागि अभिनम गौतमले ह्याट्रिकसहित पाँच गोल गरे भने मविन्द्र पुन र विपिस मल्लले समान एक गोल गरे। टोली जनवरी २३ तारिखमा स्वदेश फर्किने टिम व्यवस्थापक सुमन तिमल्सिनाले जनाएका छन्।

प्रकाशित: ६ माघ २०८० ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App