१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मोर्केलको संन्यास घोषणा

केप टाउन – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मोने मोर्केलले सोमबार अस्ट्रेलियाविरुद्धको ४ टेस्ट शृंखलापछि अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिने घोषणाा गरेका छन्।

‘खेलजीवन टुङ्ग्याउने निर्णय गर्न निकै कठिन थियो, तर मैले यो समय सबै खाले क्रिकेटबाट बिदाइ लिन उपयुक्त ठानें,’ मोर्केलले भने, ‘अबको समय म मेरो परिवार र क्लब क्रिकेटलाई  दिनेछु । यसै साताबाट सुरु हुने अस्ट्रेलियाविरुद्ध टेस्ट शृंखला मेरो अन्तिम हुनेछ।’

‘मैले दक्षिण अफ्रिकाको जर्सीमा खेलेका हरेक खेलमा मनोरञ्जन लिएको छु,’ मोर्केलले थपे, ‘म मेरो खेलजीवनलाई यहाँसम्म पु¥याउन मद्दत गर्ने क्रिकेट बोर्ड, टोली र परिवारलाई धन्यवाद दिन चाहन्छु । म अन्तिम शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै जितका साथ बिदाइ सुखद बनाउन चाहन्छु।’

सन् २००६ जनवरी ६ मा भारविरुद्धको टेस्ट शृंखलासँगै दक्षिण अफ्रिकाबाट डेब्यु गरेका मोर्केलले ८३ टेस्टमा २३.०८ को औसतमा २ सय ९४ विकेट लिएका छन् । त्यस्तै १ सय १२ एकदिवसीय क्रिकेट खेलेका मोर्केलले ४१ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ४६ विकेट लिएका छन्।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App