२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टाइगर कप भलिबलः महिलातर्फ न्यू डायमण्ड र एपिएफ बीच उपाधि भिडन्त हुने

न्यू डायमन्डसँग भिड्दै नेपाल पुलिस क्लव। तस्बिरः उमेश पुन

चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डबीच उपाधि भिडन्त पक्का भएको छ।

प्रतियोगिताको दोश्रो सेमिफाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान पक्का गर्दै एपीएफ क्लबसँग फाइनल भिडन्त पक्का गरेको हो। 

पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्दै पहिलोपटक न्यू डायमण्ड फाइनल प्रवेश गरेको छ।  खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित भएकी छन्।

यसअघिको सेमिफाइनलमा नेपाल आर्मीको त्रिभूवन क्लवलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको थियो। दोश्रो र तेश्रो संस्करणको च्याम्पियन एपीएफले बिहिबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो।

एपीएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीनसेट २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको थियो। खेलमा एपिएफकी सरस्वती चौधरी  टाइगर अफ दी म्याच घोषित भएकी छन्। जारी प्रतियोगितामा अविजित रहँदै एपिएफले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ। चौंथो संस्करण जितेमा एपिएफले टाइगरकपको उपाधिमा ह्याट्रिक गर्नेछ। शुक्रबार महिलातर्फ नेपाल पुलिस क्लव र नेपाल आर्मी क्लवले तेश्रो स्थानका लागि स्पर्धा गर्नेछन् ।

प्रकाशित: ४ माघ २०८० ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App