८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटः एपिएफ र कर्णालीको विजयी शुरुवात

सशस्त्र प्रहरी बलको एपिएफ क्लव र कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन्।

आज कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सन्दीप जोराको शतकमा एपिएफले वागमती प्रदेशलाई ८९ रनले हराउँदा कर्णालीले भैरहवामा गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्यो। एपिएफ र कर्णालीले पहिलो खेलमा जित निकाल्दै जारी प्रतियोगितामा सुखद् शुरुवात गरे।बागमती र गण्डकीको भने दोस्रो हार हो। एपिएफलाई दोस्रो जित दिलाउन सन्दीपले एक सय १२ रनको शतकीय इनिङ खेले। उनकै ब्याटिङ प्रेरणामा एपिएफले दिएको दुई सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा एक सय ५२ रनमै समेटियो।

एपिएफको उत्कृष्ट बलिङसामु वागमतिले पूरै ओभर खेल्न नै सकेन । खराब शुरुवात गरेको वागमतीका कप्तान रित गौतमले ६० रन र ओपनर आशुतोष घिरैयाले ४१ रनको योगदान दिए।रितले ८९ बलमा आठ चौका प्रहार गरे । लगातार दोस्रो दिन राम्रो ब्याटिङ गरेका आशुतोषले ५७ बलमा पाँच चौका हिर्काए।विवेक गौतम १५ रनमा आउट हुँदा रविन जोशी २० रनमा नटआउट रहे पनि वागमतीको फराकिलो हार टार्न सकेनन्।एपिएफका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक चार विकेट लिए। उनले ९ ओभरमा एक मेडन राख्दै २६ रन मात्र दिए।

मौसम ढकाल र अविनाश बोहराले समान दुई तथा पुरन विक र भुवन कार्कीको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले खराब शुरुवातको बाबजुद निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ४१ रन जोड्यो । एक समय खातामा ४१ रन जोड्दा एपिएफका पाँच विकेट पतन भइसकेको थियो । तर, मध्य क्रमका ब्याटर सन्दीपले अर्को छेउबाट इनिङ सम्हाल्दै एपिएफलाई राम्रो योगफलतर्पm डो¥याए । ११७ बल खेलेका सन्दीप एक सय १२ रनमा अन्तिम ओभरमा रनआउट हुन पुगे।

उनको इनिङमा सात चौका र पाँच छक्का रह्यो।कप्तान रोहितसहित एपिएफका शीर्ष क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किए । ओपनरद्वय प्रज्वल शाही १० रन र आसिफ सेख १५ रनमा आउट हुँदा रोहित पनि दुई रनमै पवेलियन फर्किए । तर तल्लो क्रमका लोकेश बलमे २७ रन, अमर रौटेलाले २२ रन र अविनाश बोहोरा १७ रनमा नटआउट रहँदै एपिएफको मध्यम योगफल बनाउन मद्दत गरे । वागमतीको बलिङमा सूर्य तामाङले तीन विकेट तथा प्रतिस जिसी र रिजन ढकालले समान दुई विकेट लिए। सोनु देवकोटाको नाममा एक विकेट रह्यो।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा कर्णालीले पनि गण्डकीलाई सात विकेटले स्तब्ध बनाउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । ४५ ओभरमा छोट्याएको खेलमा गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा ग¥यो । हिमान्शु शाहीले ५३ रनको अर्धशतकीय योगदान दिँदै कर्णाली सहज जित दिलाए । ७१ बलमा उनले पाँच चौका र दुई छक्का प्रहार गरे। कप्तान तथा ओपनर रविन्द्र शाही २० रनमा आउट हुँदा निश्चल रावल २९ रनमा र अर्जुन घर्ती १० रनमा अविजित रहे।

कर्णालीले पहिलो दुई विकेट सस्तैमा गुमायो । तर, तेस्रो विकेटका लागि हिमान्शु र निश्चलले ८० रनको साझेदारी गर्दै जितको आधार तय गरे । गण्डकीको बलिङमा लागि अंकित न्यौपानेले दुई र विपिन खत्रीले एक विकेट लिए।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा एक सय २२ रनको योगफल बनायो।गण्डकीका शिर्ष पाँच ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अमृत गुरुङ र कमल परियाले समान २१ रन, अश्विन रानाले १६, चन्द्र पौडेलले अविजित १४ र कप्तान विपिन खत्रीले १० रन जोड्दै गण्डकीको सय रनको आँकडा पार गराए।

गण्डकीले अतिरिक्त २६ रन पनि पायो।कर्णालीको बलिङमा अनुज चुनरा, दीनेश अधिकारी र दीपेन्द्र रावले समान दुई तथा प्रकाश जैसी, दिवान पुन र रविन्द्र शाहीले  समान एक विकेट लिए । कुल १० टोलीले प्रतिष्पर्धामा गरेको प्रतियोगिता राउण्ड रोविनको आधारमा भइरहेको छ। शिर्ष दुई टोलीले फाइनल खेल्दा चौथो स्थान सम्मका टोलीले भने इलिट ट्रफी खेल्न पाउँछन्।  

प्रकाशित: २९ पुस २०८० १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App