रामविनय श्रेष्ठ, प्रजापति दाहाल र लेखनाथ पराजुली जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन्।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष सिंगल्समा टक्कर कुँवर, दिनेश केसी, रेवती कार्की र उमेश धितालले सेमिफाइनलमा स्थान सुरक्षित गरे। महिला सिंगल्समा सोमा गुरुङ, भावना राई, पूजा राई र शर्मिला केसी सेमिफाइनलमा पुगे।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा टक्कर कुँवर र बसन्त थापा, राजेश तुम्सिङ मगर र श्याम थापा तथा शोभाकर भण्डारी र चन्द्रबहादुर पाण्डेको जोडीले सेमिफाइनल यात्रा तय गरे। मिक्स डबल्समा दिनेश केसी र पूजा राई, केवल बानियाँ र सोमा गुरुङ तथा उमेश धिताल र शर्मिला केसीको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरिन्। प्रतियोगितामा ७६ खेलाडीको सहभागिता रहेको आयोजक युनियन अध्यक्ष गणेश भट्टराईले जनाएका छन्। शनिबार सम्पन्न हुने विभिन्न ५ स्पर्धा समावेश प्रतियोगितामा सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ।
प्रकाशित: २७ पुस २०८० १४:५५ शुक्रबार