१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ग्रिनल्यान्ड र भ्याली पब्लिक च्याम्पियन

ग्रिनल्यान्ड र भ्याली पब्लिकले आइतबार पन्ध्राैं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

ग्रिनल्यान्ड सिनियर ब्वाइज तथा भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बने। हात्तीगौंडास्थित ठुङ्रम इन्टरनेसनल एकेडेमी (टिआइए) को कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले एचएचसिएलाई ४०–३४ ले पराजित गर्‍यो।

ग्रिनल्यान्डका प्रवीण गुरुङले २२ अंक जोडे। भ्याली पब्लिकले निम्सलाई ५५–३२ ले हराउँदै तेस्रो भयो। भ्याली पब्लिकका अनिमेश अधिकारीले १३ अंक जोडे।

 सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले निम्सलाई ४९–२४ ले पाखा लगायो। भ्याली पब्लिककी लोरिशा गौचनले २६ अंक जोडिन्। एनसिसिएसले वसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १९–१३ ले पाखा लगाउँदै तेस्रो भयो।

एनसिसिएसकी दिवा महर्जनले ८ स्कोर गरिन्। ब्वाइजमा ग्रिनल्यान्डका आशुतोष केसी तथा गर्ल्समा भ्याली पब्लिककी मुस्कान गुरुङ ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। ब्वाइजमा एचएचसिएका दिशान राई तथा गर्ल्समा निम्सकी टिना लिम्बू प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।

दिशानले ७८ तथा टिनाले ३७ स्कोर गरे। विजेतालाई बुढानीकलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, टिआइएका प्रिन्सिपल उत्तमराज थापा, टिआइएका लेखा प्रमुख अशोक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

 सो अवसरमा टिआइएकी पूर्वविद्यार्थी एवं बास्केटबल खेलाडी रिन्चेन मोक्तानलाई सम्मान गरिएको थियो।

रिन्चेनले चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा सहभागिता जनाएकी थिइन्।

प्रिन्सिपल थापाले टिआइएका संस्थापक अध्यक्ष ठुङ्रम ज्ञालत्रुल रिन्पोचे शेर्पाको निर्देशनमा प्रतियोगिता व्यवस्थित र सफलतापूवर्क सम्पन्न भएको बताउँदै सहयोगी सबैपति आभार प्रकट गरे।

नौ दिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गर्ल्समा १२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको टिआइएका बास्केटबल प्रशिक्षक केदार बुढाथोकीले जनाएका छन् ।

प्रकाशित: १६ पुस २०८० ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App