१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रो क्लब क्रिकेट: पुलिस र पर्सा-११ ले उपाधिका लागि खेल्ने

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि-२० प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र पर्सा-११ भिड्ने भएका छन्।

वीरगञ्जस्थित नारायणी रंगशालामा उक्त फाइनल खेल आज दिउँसो १ बजे हुने छ। शुक्रबार सम्पन्न सेमिफाइनलमा पर्सा-११ ले नेपाल आर्मी क्लबलाई तथा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोयडालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

यस्तै तेस्रो स्थानका लागि आज बिहान ९ बजे नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोयडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेसनलको संयुक्त आयोजनामा गत पुस ५ देखि सञ्चालित प्रतियोगितामा पर्सा– ११, आर्मी क्लब, पुलिस क्लब, एपिएफ क्लब, वान्डर्स क्लब र यूपी- ११ को सहभागिता छ।

-रासस

प्रकाशित: १४ पुस २०८० ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App