१० असार २०८१ सोमबार
image/svg+xml
खेल

एरिका र हरि सम्मानित

फाइल तस्बिर

१९औं एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र रग्बीका राष्ट्रिय पूर्वप्रशिक्षक हरि लामा बुधबार सम्मानित भएका छन्।

हाइड एन्ड सिक किन्डरगार्टेनले ११औं वार्षिकोत्सवको अवसरमा खेलाडी एरिका र प्रशिक्षक हरिलाई सम्मान गरेको हो। हरि लामा सो विद्यालयका खेलकुद शिक्षकसमेत हुन्। उनी रग्बीका प्रशिक्षकसँगै करातेका राष्ट्रिय रेफ्री र पौडीका प्रशिक्षकसमेत हुन्।

लामाले नेपालको रग्बी टोलीलाई चेन्नाईमा सम्पन्न ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाईमा सम्पन्न एसियाली छनोटमा प्रशिक्षण गराएका थिए। एरिका नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगततर्फ रजत पदक जित्ने नेपालकी दोस्रो खेलाडी हुन्। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले एसियाली खेलकुदमा पदक जितेकी थिइन्।

प्रकाशित: १२ पुस २०८० ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App