२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफले कर्णालीलाई दियो एक सय ६१ रनको चुनौती

प्रधानमन्त्री कप क्रिकेट

तस्बिर सौजन्यः क्यान

काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनायो। एपिएफका लागि राजमति ऐरिले सर्वाधिक ६७ रनको योगदान दिइन्। उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन्।

त्यस्तै ममता चौधरीले ६२ रन बनाइन्। उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन्। रोमा थापाले अविजित १४ रन बनाइन। बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारिन। कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। –रासस

प्रकाशित: ११ पुस २०८० ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App