८ असार २०८१ शनिबार
image/svg+xml
खेल

जेभियर्स र सनसाइन फाइनलमा

काठमाडौं जेभियर्स र सनसाइन मंगलबार १२औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा काठमाडौं जेभियर्सले चैतन्यलाई २०-१२ ले पराजित गर्‍यो। काठमाडौं जेभियर्सका रोशन राउतले ५ अंक जोडे। सनसाइनले अवेरनेस इन्टरनेसनल एकेडेमी   (एआइए) लाई १३-१२ ले हरायो। सनसाइनका सुवासले ७ स्कोर गरे। सिनियर ब्वाइजतर्फ पनि काठमाडौं जेभियर्स फाइनलमा पुग्न सफल भयो। काठमाडौं जेभियर्सले एआइएलाई २२-१४ ले पाखा लगायो। जितमा रोनित श्रेष्ठले ९ अंक योगदान गरे। फाइनलमा काठमाडौं जेभियर्सले हेम्सको सामना गर्नेछ।  

अर्को सेमिफाइनलमा हेमन्तको ५१ अंक सहयोगमा हेम्सले सनसाइनलाई ५१-३० ले पन्छाएको थियो। सिनियर गल्र्समा एसियन पब्लिक र इनोभेटिभ उपाधिका लागि भिड्ने भएका छन्। एसियन पब्लिकले सृजनशीलमािथ १३-७ को जित दर्ता ग¥यो। एसियनकी सारिका बोहराले ५ स्कोर गरिन्। इनोभेटिभले काठमाडौं जेभियर्सलाई २०-५ ले सहजै पाखा लगाउँदै तीन उपाधिनजिक पुग्नबाट रोक्यो। इनोभेटिभकी ऋद्धि घर्तीले १४ अंक जोडिन्। फाइनल बुधबार हुनेछ।

प्रकाशित: ११ पुस २०८० ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App