१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसियन पब्लिक र सृजनशील सेमिफाइनलमा

एसियन पब्लिक र सृजनशील सोमबार बाह्राैं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) को कोर्टमा एसियनले चैतन्यलाई ७–२ ले पराजित गर्‍यो। एसियनको जितमा सारिका बोहराले ३ अंक योगदान गरिन्।

कुञ्जना मगरको ६ अंक सहयोगमा सृजनशीलले लिभरपुललाई १२–४ ले हरायो। प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्समै काठमाडौं जेभियर्सले हेम्सलाई ९–८ तथा इनोभेटिभले सनसाइनलाई १९–१४ ले पाखा लगाए। काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले ६ तथा इनोभेटिभकी ऋद्धि घर्तीमगरले १७ स्कोर गरे।

सेमिफाइनलमा काठमाडौं जेभियर्सको भेट इनोभेटिभसँग हुनेछ। एसियनले सृजनशीलको सामना गर्नेछ। सिनियर ब्वाइजमा एआइएले भद्रा घलेलाई २७–१५, हेम्सले स्वप्नवाटिकालाई ३३–२०, काठमाडौं जेभियर्सले सूर्योदयलाई ३५–११ र सनसाइनले स्पाङ्गललाई ३०–१७ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

एआइएका पर्वत पाण्डेले ७, हेम्सका आयुश कटुवालले १०, काठमाडौं जेभियर्सका रमितले १० र सनसाइनका सफल तामाङले १५ अंक बटुले।  हेम्स र सनसाइन तथा काठमाडौं जेभियर्स र एआइएबीच सेमिफाइनल हुनेछन्।

जुनियर ब्वाइजमा एआइएले लिटिल फ्लावरलाई ८–६, काठमाडौं जेभियर्सले स्वप्नवाटिकालाई १७–१४, सनसाइनले स्पाङ्गललाई १६–११ र चैतन्यले इनोभेटिभलाई १५–१३ ले पन्छाउँदै सेमिफाइनल यात्रा तय गरे।

सेमिफाइनलमा काठमाडौं जेभियर्सले चैतन्य तथा एआइएले सनसाइनविरुद्ध खेल्नेछन्।

प्रकाशित: १० पुस २०८० ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App