२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चैतन्यको दोहोरो जित

चैतन्यले १२औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ।

चैतन्य जुनियर ब्वाइज र सिनियर गल्र्समा विजयी भयो। जुनियर ब्वाइजमा चैतन्यले काठमाडौं इङ्लिस स्कुल (केइएस) लाई ३७-११ ले पराजित गर्‍यो। चैतन्यको जितमा एलिस तामाङले २१ अंक योगदान गरे। सिनियर गल्र्समा अदिति चौधरीको ४ अंक सहयोगमा चैतन्यले अल्बर्टलाई ६-२ ले हरायो।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा स्वप्नवाटिकाले डेनेबलाई २१–१९, केइएसले सृजनशीललाई १०-५, सनसाइनले सृजनशीललाई ३२-८, सनसाइनले भद्रा घलेलाई ३६-२२, काठमाडौं जेभियरले चैतन्यलाई २५-८, सूर्योदयले अक्षरलाई १२-७, स्पाङ्गलले लिभरपुललाई २६-१२, भद्रा घलेले केइएसलाई ३२-३, हेम्सले अल्बर्टलाई ३०–२ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) ले एसियन पब्लिकलाई १९-७ ले पाखा लगाए।

जुनियर ब्वाइजमा काठमाडौं जेभियरले एसियन पब्लिकलाई १०-८, हेम्सले अल्बर्टलाई १२-७, इनोभेटिभले स्पाङ्गललाई २२-१५ र लिटिल फ्लावरले एसियन पब्लिकलाई १५-१३ ले पन्छाए। सिनियर गल्र्समा सृजनशीलले काठमाडौं जेभियरलाई ९-८, लिभरपुलले डेनेबलाई ६-२, हेम्सले सूर्योदयलाई ८-६, लिभरपुलले सूर्योदयलाई ३-२, इनोभेटिभले भद्रा घलेलाई १९-१२, हेम्सले डेनेबलाई ९-३ र एसियन पब्लिकले केइएसलाई २४-४ ले पाखा लगाए।

प्रकाशित: ८ पुस २०८० ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App