११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

‘कञ्चनजंघा सेसेलुङ गोल्डकप’ को तयारी पूरा

दर्शक बस्न बनाइएको अस्थायी प्याराफिट। तस्बिर: नागरिक।

बुधबारबाट ताप्लेजुङमा सुरु हुने प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको सबै तयारी पूरा भएको आयोजक कञ्चनजंघा फुङलिङ क्लबले जनाएको छ।

कार्यक्रम स्थल भानुजन मावि अम्विटारको खेल मैदानमा अस्थायी प्याराफिट निर्माण गरिएको र अन्य सबै व्यवस्थापनका कार्य पूरा भएको खेल संयोजक चन्द्र थेबेले जानकारी दिए।

चासोक तङ्नाम पर्वको अवसरमा हुने प्रतियोगिता ११ गते सम्म सञ्चालन हुने थेबेले बताए। गोल्डकपमा ८ टिमले सहभागिता जनाउँदै छन्। 

सगरमाथा यूथ क्लब मोरङ, बी.टी. फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथर, आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा र चक्रघट्टी फुटबल क्लब सुनसरीको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिएको छ।

त्यस्तै ताप्लेजुङ जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनजंघा फुङलिङ क्लबले खेलमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ।

त्यस्तै लिम्बू समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड, हाक्पारे, ख्याली सहितका प्रतियोगिता हुने भएका छन्। च्याब्रुङतर्फ नाच तर्फको प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै धान नाचतर्फ प्रथमलाई हुनेले १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने छ।

प्रकाशित: ३ पुस २०८० ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App