१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालले १४ रनमै दुई विकेट गुमायो

यू-१९ एसिया कप क्रिकेटमा  भारतसँगको खेलमा नेपालले फितलो प्रदर्शन गरेको छ। चौथो ओभरमा दिपक बाेहोराको पहिलो विकेट गुमाएको नेपालले लगत्तै उत्तम मगरको दोस्रो विकेट पनि गुमाएको छ। दुवै भारतीय बलर राज लिम्वानीको बलमा आउट भएका हुन्।   बोहोराले  ११ बल खेलेर १ रनमात्र बनाएका थिए। उत्तमले ७ बल खेल्दै शून्य रनमा आउट भएका हुन्। नेपाल अहिले ७ ओभरमा १५ रन बनाएर खेल्दै छ।

यसअघि टस जितेर भारतले बलिङ्ग रोज्दै नेपाललाई ब्याटिङ्गको निम्तो दिएको हो। भारतसँग आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ। नेपाल र भारत बीचको खेल अहिले आइसीसीए क्रिकेट मैदान २ मा जारी छ।

समूह ‘ए’ मा रहेको नेपालले यसअघिका आफ्ना दुवै खेलमा पराजय भोगिसकेको छ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो।त्यसकारण पनि आजको खेलमा जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ।

प्रकाशित: २६ मंसिर २०८० ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App