१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

यू–१९ एसिया कप क्रिकेटः नेपाल आज भारतसँग खेल्दै

यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारतबीच खेल हुँदैछ। जारी लिगमा नेपालले आफ्नो तेस्रो खेल भारतसँग खेल्न लागेको हो।

समूह ‘ए’ मा रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा पराजय भोगिसकेको छ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो।त्यसकारण पनि आजको खेलमा जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ। 

नेपाल र भारतबीचको खेल बिहान ११ः १५ बजे सुरु हुनेछ।

४ टोली सहभागी समूह ‘ए’ मा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा रहेको छ। हालसम्मको अवस्थामा ४ वटै टोलीले समान २÷२ खेल खेलेका छन्। जसमा पाकिस्तानले दुबै खेलमा जित हात पारेको छ भने भारत एकमा जित र एकमा पराजित भएको छ। अफगानिस्तानले पनि एकमा जित र एकमा पराजय भोगेको छ। र, ऊ तेस्रो स्थानमा रहेको छ। जबकी नेपालले हालसम्म एक खेलमा पनि जित हात पार्न सकेको छैन र अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: २६ मंसिर २०८० ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App