१० असार २०८१ सोमबार
image/svg+xml
खेल

एसीसी यू–१९ एसिया कप क्रिकेट: अफगानिस्तानलाई जित्न नेपालले २६२ रन बनाउनु पर्ने

एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानलाई जित्न नेपालले  २६२ रन बनाउनु पर्ने भएको छ। 

दुबईमा भएको खेलमा नेपालले टस जितेर अफगानिस्तानलाई पहिला ब्याटिङ गर्न लगाएपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ४९ दशमलब ३ ओभरमा २६१ रन बनाउँदा सबै विकेट गुमायो।

अफगानिस्तानका लागि सबै भन्दा वढि जमसीद जरदान  १०६ रन बनाएर रिटायर्ड आउट भए । त्यसैगरी नुमान शाहले ६० रन तथा रहिमुल्लान ुरमतीले ३५ रन बनाए । नेपालका लागि हेमन्त धामी,गुल्सन झा र सुभाष भण्डारीले दुई दुई विकेट तथा आकाश चन्द र दिपेश कर्डेल एक एक विकेट लिए। 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने अफगानिस्तान भारतसँग पराजित भएको थियो। 

प्रकाशित: २४ मंसिर २०८० ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App