१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो विकेट हात लागेको छ।

नेपालले पाकिस्तानको दोस्रो विकेट ६ दशमलब ४ ओभरमा  २३ रन हुँदा लिएको हो।दोस्रो विकेट गुल्सन झाले लिएका हुन।यस अघि पहिलो ओभरको तेस्रो बलमा पनि गुल्सन झाले पहिलो विकेट लिएर पाकिस्तानलाई दवावमा राखेका थिए । पाकिस्तानले पहिलो विकेट गुमाउँदा १ रन मात्र बनाएको थियो । ताजास्थीतीमा पाकिस्तानले ९ओभर ३ बलमा २ विकेट गुमाएर ३९ रन बनाउको छ । यस अघि नेपालले पहिलो ब्याटिङ गर्दै पाकिस्तानलाई १५३ रनको  लक्ष्य प्रस्तुत गरेको थियो ।

यूएईमा भएको खेलमा टस हारेर  पहिला ब्याटिङ गर्दै नेपालले  ४७ दशमलब २ ओभरमा १५२ रन बनाउँदा सबै विकेट गुमाएको हो।

नेपालका लागि सबैभन्दा वढि  उत्तमथापा मगरले ५१ रन बनाए । उनले ७६ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएका हुन।

दिपेश कडेलले ५९ बलमा ३१ रन बनाए।त्यसैगरी कप्तान देव खनाल १३ बल खेल्दै शुन्य रनमा आउट हुदाँ आकाश त्रिपाठी ६ रनमा पोविलियन फर्किए।गुलसन झा समेत १ रनमा आउट भए।तिलक भण्डारीलाई ७ रनमा गुमाएको नेपालका लागि अर्जुन कुमाल २१ रन बनाएर आउट भएका छन्।

प्रतियोगितामा नेपाल समूह एमा छ।नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन्।समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन्।

प्रकाशित: २२ मंसिर २०८० १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App