७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

एन्जल्स हार्ट र लालीगुराँस सेमिफाइनलमा

एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) दोस्रो तारकेश्वर मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज बास्केटबतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन्।

मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले सिद्धार्थ मोडेललाई २५–१५ ले पराजित गर्‍यो। लालीगुराँसको जितमा सरगम गुरुङले ८ अंक योगदान गरे। रूपेश पौडेलको ७ अंक सहयोगमा एन्जल्स हार्टले पद्मचक्रलाई २३–१४ ले हरायो। तारकेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्समा हिमरश्मि र ल्यान्डमार्क उपाधिका लागि भिड्ने भएका छन्। हिमरश्मिले न्यु एरालाई २०–१५ ले पाखा लगायो। हिमरश्मिकी सिर्जना तामाङले ८ स्कोर गरिन्। ल्यान्डमार्कले लालीगुराँसलाई २३–१८ ले पन्छायो। लालीगुराँसकी मिका केसीले १२ अंक जोडिन्। फाइनल बिहीबार हुनेछ।

भलिबलमा पृथ्वी सेमिफाइनलमा

पृथ्वीनारायण मावि दोस्रो तारकेश्वर मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको ब्वाइज भलिबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको खेलमा पृथ्वीले ल्यान्डमार्कलाई २५–१३ र २५–७ को सोझो सेटमा पराजित गर्‍यो। हिमरश्मिले मानसिंह धर्म माविलाई २५–२२ र २५–१९ तथा नेपाल राष्ट्रिय माविले ग्राम सेवा माविलाई २५–११ र २५–१७ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे। गल्र्समा एन्जल्स हार्ट, लालीगुराँस, पृथ्वीनराायण र मानसिंहले आआफ्नो खेल जित्दै सेमिफाइनल यात्रा तय गरे।

हिमरश्मिकी अस्मितालाई स्वर्ण

हिमरश्मिका सनम शेर्पा र लालीगुराँसकी अस्मिता भुजेलले दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्सतर्फ ३ हजार मिटर दौडमा बुधबार स्वर्ण जितेका छन्।

दुवैले मंगलबार १ हजार ५ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए। ब्वाइजमा सनमले निर्धारित दूरी ९ मिनेट ३८.१ सेकेन्डमा पूरा गरे। मनमैजु माविका तनिश थापा दोस्रो तथा न्यु एराका पेम्बा तमाङ तेस्रो भए। गल्र्समा अस्मिताले दूरी तय गर्न ११ मिनेट ५८.४० सेकेन्ड समय खर्चिन्। 

ल्यान्डमार्ककी सगुनी देवकोटाले रजत तथा हिमरश्मिकी सिर्जना तामाङले कांस्य जिते। गल्र्स २ सय मिटर दौडमा कौशलकी सुजाश्री विष्टले स्वर्ण, हिमरश्मिकी ममता बरालले रजत र ग्रामसेवाकी लिली तामाङले कांस्य हात पारे। प्रतियोगिताअन्तर्गत बिहीबारदेखि कराते र तेक्वान्दोको प्रतिस्पर्धा सुरु हुनेछ।

प्रकाशित: २१ मंसिर २०८० ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App