२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

स्तरीय क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्छ: अध्यक्ष ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरूको निर्माण गर्नुपर्ने बताएका छन्।आज बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कप टि ट्वान्टी क्रिकेटको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपालमा उपयुक्त खेल मैदानहरू नभएको भन्दै स्तरीय क्रिकेट मैदानहरू निर्माण गर्नुपर्ने बताएका हुन।

उनले कुनैपनि अभावहरूमा क्रिकेट खेलाडीहरूको उत्साह र मनोबलमा कमी नआएको भन्दै आगामी दिनमा पनि मनोबल कमजोर पार्नु नहुने बताए।उनले खेल क्षेत्रमा सरकारले गर्नुपर्ने काम कर्तव्यमा कुनै कमी आउन नदिन पनि सरकारसँग आग्रह गरे।

उनले खेलाडी र प्रशिक्षकहरुहरु प्रति आफ्नो उच्च प्रशंसा र सम्मान रहेको पनि बताए।

प्रकाशित: ७ मंसिर २०८० ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App