१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तपाईंलाई थाहा छ, विश्वकप क्रिकेटका विजेता र अन्य टिमले कति पाउँछन् रकम ?

तस्बिर सौजन्यः आइसीसी

सन् २०२३ को आइसीसी एकदिवसीय विश्व कप क्रिकेटको फाइनल आइतवार भारतको अहमदाबादमा खेलिने छ। १२ वर्ष पछि फाइनल पुगेको भारत र पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाबीच उपाधिका लागि खेल हुनेछ। विश्वकपको इतिहासमा यो दोस्रो पटक हो जब दुबै टोली आमने सामने हुनेछन्। 

बीबीसीका अनुसार दुबै टिम हरेक चार चर वर्षको अन्तरालमा हुने यस टुर्नामेन्टमको ट्रफी आफ्नो नाम गर्न चाहन्छ। तर, यहाँ कुरो विश्वकपको ट्रफीको मात्रै छैन पुरस्कार राशीको पनि छ। 

जारी विश्व कपको उपाधि जित्ने टिमले ४० लाख अमेरिकी डलर अर्थात् झन्डै ५२ करोड ८० लाख नेपाली रुपैयाँ हात पार्ने छ। त्यस्तै टुर्नामेन्टको उपविजेताले २० लाख अमेरिकी डलर अर्थात् झन्डै २६ करोड ४० लाख नेपाली रुपैयाँ प्राप्त गर्ने छ।

त्यतिमात्र होइन सेमिफाइनलमा पराजित भएको न्यूजिल्यान्ड र दक्षिण अफ्रिका दुबै टोलीले समान ८÷८ लाख अमेरिकी डलर अर्थात् झन्डै १० करोड ६५ लाखभन्दा बढी रकम प्राप्त गरेका छन्।

त्यस्तै लिग स्टेजबाट बाहिर हुने सबै टिमले एक–एक लाख अमेरिकी डलर अर्थात् २० लाख ८० हजार रुपैयाँ पाएका छन्।

त्यसबाहेक लिग स्टेजमा सबै १० टिमका बीच भएका ४५ म्याचको विजेता टिमले प्रत्येक म्याच जितेबापत झन्डै ५३ लाख नेपाली रुपैयाँ प्राप्त गरेका छन्।

प्रकाशित: १ मंसिर २०८० १६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App