२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने

आइसिसी विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुने भएको छ।आयोजक भारतले बुधबार पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा पुगेको हो।  

त्यसैगरी गएराती दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

उपाधिको लागि यी दुई टोलीबिच आउने आइतबार अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगलशालाका खेल हुनेछ । अष्ट्रेलियाले ५ पटक तथा आयोजक भारतले २ पटक विश्वकप क्रिकेटको उपाधी जितेका छन्।अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो ।भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो।अस्ट्रेलियाले २०१५ पछी तथा भारतले  २०११ पछि उपाधि जितेका छैनन।

जारी विश्वकपमा भारतले लिगका ९ खेल नै जितेको थियो।अस्ट्रेलियाले लिगका ९ मध्य २ खेल हारेको थियो।  

अस्ट्रेलिया जारी विश्वकपको लिग चरणमा भारतसँग ६ विकेटले हारेको थियो।अष्ट्रेलिया लिग चरणमा दक्षिण अफ्रिकासंग १३४ रनले पराजित भएको थियो।

विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाबिच  अहिले सम्म १३ पटक प्रतिस्पर्धा भएको छ । ८ पटक अष्ट्रेलियाले जितेको छ भने ५ पटक भारतले खेल आफ्नो पक्षमा पार्न सफल भएको छ।

प्रकाशित: १ मंसिर २०८० ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App