२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चार देश सम्मिलित टि–२० सिरिजः नेपाल दोस्रो खेलमा पनि पराजित

चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हङकङमा जारी खेलमा नेपाललाई आयोजक हङकङले ९ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमध्ये १८ ओभर खेल्दै अलआउट भएर जम्मा ५६ रन बनायो। हङकङ क्रिकेट क्लबमा भएको खेलमा ५७ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरमध्ये जम्मा ९ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।  

हङकङका लागि नताशा माइल्सले सर्वाधिक ३० रन बनाइन् भने शानजान शानजादले २० रन बनाइन्। नेपालका लागि कप्तान इन्दु वर्माले १ विकेटले लिइन्।

प्रकाशित: ३० कार्तिक २०८० ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App